काठमाडौं – जम्मु कश्मीरलाई विशेष राज्यको दर्जा दिने धारा ३७० हटाइएको विषयमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानकी पूर्व पत्नी रेहम खानले एउटा खुलासा गरेकी छन् ।
एउटा अन्तर्वार्तामा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग इमरानले गोप्य सम्झौता गरेको दाबी गरेकी छन् । मोदीलाई खुशी बनाउन इमरानले डील गरेको उनको दाबी छ । त्यसैले यस विषयमा उनले ठोस कदम नउठाएको रेहमको भनाइ छ ।
रेहमको बयानपछि पाकिस्तानमा राजनीतिक भूकम्प आएको छ । धारा ३७० हटाइएको विषयमा इमरान खान निशानामा छन् । संसदमा उनीविरुद्ध लगातार बयानबाजी र नाराबाजी चलिरहेको छ । रेहमको बयानले पाकिस्तानी राजनीतिमा आगो बालेको छ ।
रेहमले भनिन्, ‘कश्मीरको सम्झौता भएको छ । पाकिस्तानी प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीलाई खुशी बनाउन गरेको कोशिशको परिणामस्वरूप धारा ३७० खारेज गरिएको हो ।’
एजेन्सी