०३ साउन २०८३, आइतबार

जम्मु-कश्मीरमा ८ कक्षासम्मका स्कूलहरू खोल्ने तयारी

जम्मु-कश्मीरमा ८ कक्षासम्मका स्कूलहरू खोल्ने तयारी

काठमाडौँ - भारत प्रशासित कश्मीरमा आज मंगलवार कर्फ्यूको १७औ दिन चलिरहेको छ । त्यहाँ अझै डरको स्थिति कायम नै छ ।

प्रत्येक साझ जम्मु-कश्मीरको प्रशासन पत्रकार सम्मेलन गर्ने गरेको बीबीसीका एक संवाददाता बताउँछन् । कतिपय पत्रकार सम्मेलनमा पत्रकारहरूलाई प्रश्न सोध्न मनाही गर्ने गरिन्छ ।

सम्मेलनमा सधैं त्यहाँको स्थिति सामान्य रहेको जानकारी दिइन्छ । कहीं कतै प्रदर्शन भएको रहेछ भने सामान्य ढुंगामुढा हो भनेर टारिने गरिएको छ ।

सोमवार कश्मीरमा ५ कक्षासम्मका स्कूलहरू खोलिएका थिए । यसबारेमा प्रशासनले जानकारी दिँदै ३० देखि ५० प्रतिशत छात्रछात्रा उपस्थित भएको जानकारी दिइयो । मंगलवार प्रशासनले ८ कक्षासम्मका स्कूल खोल्ने घोषणा गरेको थियो । तर मंगलवार स्कूलहरू खुल्न सकेनन् ।

खुल्न नसकेका स्कूलहरूलाई पुनः बुधवार खोलिने भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्