२३ जेठ २०८३, शनिबार

बहुचर्चित मैना सुनार हत्याकाण्डमा सेनाको मेलमिलाप प्रस्ताव अस्वीकार

भदौ ४, २०७६
बहुचर्चित मैना सुनार हत्याकाण्डमा सेनाको मेलमिलाप प्रस्ताव अस्वीकार

काठमाडौं– बहुचर्चित मैना सुनार हत्या प्रकरणमा नेपाली सेनाले राखेको मेलमिलाप प्रस्तावलाई उनका परिवारले अस्वीकार गरेको छ । 

१६ वर्षअघि नेपाली सेनाले चरम यातना दिएर हत्या गरिएकी काभ्रेकी सुनारको परिवारलाई नेपाली सेनाले मेलमिलापका लागि राखेको प्रस्ताव परिवारले अस्वीकार गरिदिएको हो । 
पहिलोपटक मैनाकी आमा देवी सुनारलाई ४ असारमा सेनाले आफूसँग मिल्न प्रस्ताव राखेका थिए । 
पहिलो प्रस्ताव अस्वीकार भएपछि नेपाली सेनाले भद्रकाली बोलाएर दोस्रो पटक प्रस्ताव राखेको थियो । राजधानी दैनिकमा खबर छापिएकोछ । 

salt training

कमेन्ट गर्नुहोस्