२६ असार २०८३, शुक्रबार

ट्रम्पले फेरि राखे कश्मीरमा मध्यस्थताको प्रस्ताव

ट्रम्पले फेरि राखे कश्मीरमा मध्यस्थताको प्रस्ताव

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले फेरि एकपटक जम्मु–कश्मीरमा मध्यस्थताको प्रस्ताव राखेका छन् । 

ट्रम्पले हिन्दू–मुसलमान संघर्षको कुरा झिक्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा कुरा गर्ने बताए । फ्रान्समा यसै सप्ताहान्तमा जी७ सम्मेलनमा दुवै नेताबीच भेटघाट हुँदैछ । 

ट्रम्पले पहिले पनि कश्मीरका विषयमा मध्यस्थताको कुरा झिकेका थिए तर भारतले यो द्विपक्षीय विषय हो भन्दै प्रस्ताव अस्वीकार गरेको थियो । 

ट्रम्पले पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘कश्मीर अत्यन्तै जटिल ठाउँ हो । त्यहाँ हिन्दू र मुसलमान बस्छन् र उनीहरूबीच मेलजोल छैन । मध्यस्थताका लागि जे राम्रो हुन्छ, म त्यही गर्छु ।’

जम्मु–कश्मीरलाई विशेषाधिकार दिने धारा ३७० हटाउने र राज्य पुनर्गठन गर्ने भारत सरकारको निर्णयबाट पाकिस्तानसँग तनाव बढेपछि प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपतिसँग कुराकानी गरेका थिए । त्यसक्रममा मोदीले पाकिस्तानका तर्फबाट हिंसात्मक बयान आइरहेको बताएका थिए ।

ट्रम्पले मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खान दुवैलाई फोनमा कुरा गर्दै तनाव कम गर्न आग्रह गरेका थिए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्