२३ जेठ २०८३, शनिबार

कञ्चनपुरमा सहिद गोविन्द गौतमको सालिक निर्माण हुने

कात्तिक २०, २०७४
कञ्चनपुरमा सहिद गोविन्द गौतमको सालिक निर्माण हुने

कञ्चनपुर, १६ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले पुनर्वास नगरपालिकाको आनन्द बजारमा नेपाली भूमि रक्षामा लागिपर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागी ज्यान गुमाएका सहिद गोविन्द गौतमको सालिक निर्माण गर्ने भएको छ ।

राप्रपा पुनर्वास नगर कमिटीको पहलमा सहिद गौतमको उच्चसम्मान गर्दै सालिक बनाउने निर्णय गरेको हो ।

राप्रपाले पुनर्वास नगरपालिकाले उपलब्ध गराएको स्थानमा सालिक निर्माण गर्ने छ । राप्रपाका जिल्ला अध्यक्ष पूर्णबहादुर चन्दले सहिद गौतमको सम्मानका साथ सालिक निर्माण गरिने बताए ।

‘राष्ट्रियतालाई पार्टीले मुख्य आदर्शका रुपमा लिएकाले सहादत प्राप्त गर्ने गौतमको स्मृतिमा पार्टीले आफ्नै लगानीमा सालिक निर्माण गर्ने निर्णय गरेको छ,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्