०६ असार २०८३, शनिबार

हंगेरीको एक तालमाथि च्याउ आकारको बादल देखेपछि मानिस छक्क (भिडियो)

हंगेरीको एक तालमाथि च्याउ आकारको बादल देखेपछि मानिस छक्क (भिडियो)

काठमाडौं – हंगेरीको भेजप्रेम काउन्टीमा रहेको बालाटोन तालमाथि च्याउ आकारको बादल देखिएपछि मानिसहरू छक्क परेका छन् ।

यस्तो बादल आणविक विस्फोट गरिएका ठाउँमा देखिने गर्छन् । तर सामान्यतया यसलाई ‘वेट माइक्रोबर्स्ट’ भनिने गर्छ । 

यसको भिडियोमा स्थानीयहरूले च्याउ आकारको बादल देखेर उत्साहित हुँदै कुरा गरेको सुनिन्छ ।

अद्भुत बादलसँगै छेउमा इन्द्रेणी टल्केको पनि देखिन्छ ।

अलेक्जान्द्रा ग्रेगोरले उक्त भिडियो खिचेका हुन् । उनका अनुसार, मानिसहरू यो बादल देखेर तर्सिएनन् अनि तालमा पौडी खेलिरहे ।

माइक्रोबर्स्ट चट्याङ पर्दा वा पानी पर्दा देखिने गर्छ । 

यो केही मिनेटका लागि मात्र देखिने गर्छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्