०२ असार २०८३, मंगलबार

साताव्यापी चीन भ्रमण सकेर आज स्वदेश फर्किदै प्रधानमन्त्री प्रचण्ड

कात्तिक २०, २०७४
साताव्यापी चीन भ्रमण सकेर आज स्वदेश फर्किदै प्रधानमन्त्री प्रचण्ड

काठमडौं, १६ चैत– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ साताव्यापी चीन भ्रमण सकेर आज स्वदेश फर्कदै छन् । प्रधानमन्त्री प्रचण्ड आज साढे १० बजे काठमाडौं आउने उनको निजि सचिवालयले जनाएको छ । मंगलबार मात्र प्रधानमन्त्री चीनको स्वशासित क्षेत्र तिब्बत आएका थिए ।

चीनका हाइनान प्रान्तमा आयोजि बोआओ सम्मेलमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड चैत्र १० मा त्यसतर्फ गएका थिए ।

चीन भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङदेखि उच्च अधिकारीसँग भेट गरेका थिए । भेटमा चिनियाँ राष्ट्रपतिले नेपालको स्थानीय चुनावका लागि ९ मिलियन युयान सहयोगको प्रतिबद्धता जनाएका थिए ।

प्रधानमन्त्री प्रचण्डको भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा पनि सकरात्मक कुराकानी भएको छ । यस्तै १२ वैशाख २०७२ को भूकम्पपछि बन्द रहेको तातोपानी नाका फेरि संचालन गर्ने विषयमा पनि प्रधानमन्त्रीले छलफल गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्