
राँझा – आर्थिक लेनदेनमा बलात्कारको मुद्दा मिलाउन खोज्ने पीडितपक्ष र फरार अभियुक्तसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बलात्कार घटनाका अभियुक्तले आर्थिक लेनदेन गरी मुद्दा मिलाउन थालेको प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको हो ।
कोहलपुर नगरपालिका–११ कि ६ वर्षीया बालिकाको गत असार २१ गते बलात्कार भएको थियो ।
घटनाका अभियुक्तलाई प्रहरीले खोजी गरिरहेको अवस्थामा उनीहरुले पीडित पक्षसँग ४ लाख रुपैयाँ लेनदेनमा मुद्दा मिलाउन खोजिरहेको अवस्थामा अभियुक्त र पीडित दुवै पक्षका १० जनालाई बुधवार पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए ।