
काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्यम् जयशंकर र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
भेटमा नेपाल-भारत सम्बन्धका विविध पक्षबारे छलफल भएको डा. भट्टराईले बताएका छन् ।
भेटमा डा. भट्टराई र जयशंकर पढेको जबहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)का पुराना साथीहरूको पनि रोचक स्मरण भएको डा. भट्टराईले फेसबूकमा लेखेका छन् ।
जयशंकरले आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।