२६ असार २०८३, शुक्रबार

मुसलधारे वर्षाका कारण चीनमा ९ जनाको मृत्यु, ३५ बेपत्ता

मुसलधारे वर्षाका कारण चीनमा ९ जनाको मृत्यु, ३५ बेपत्ता

चेङ्दु- चीनको दक्षिणपश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या ९ पुगेको छ । 

स्थानीय अधिकारीहरूले बिहीवार दिएको जानकारी अनुसार घटनामा परी अरू ३५ जना बेपत्ता रहेका र खोजी कार्य जारी रहेको छ । बुधवारसम्म यस घटनामा परी २६ बेपत्ता भएका थिए । 

देशको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने सिचुवान प्रान्त र तिब्बती तथा क्विङ स्वायत्त क्षेत्रमा मंगलवारबाट मुसलधारे वर्षा शुरू भएको अधिकारीहरूले जनाएका छन् ।

बुधवार मध्याह्नमा पनि अत्यधिक वर्षा भएपछि शुरू भएको प्राकृतिक प्रकोपबाट अन्य छ जना घाइते भएका थिए भने एक लाखभन्दा बढी विस्थापित भएका थिए । 

विस्थापित भएकाहरूलाई आधारभूत सेवा सुविधाको व्यवस्थापन अत्यावश्यक भएको उद्धारकर्ताहरूले जनाएका छन् ।

प्रान्तीय आपत्कालीन व्यवस्थापन निकायले विस्थापित भएकाहरूलाई हेलिकोप्टरबाट खानालगायतका अत्यावश्यक वस्तुहरू पुर्‍याउँदै गरेको जनाएको छ ।  

अत्यधिक वर्षाले ३४ हजारभन्दा बढी पर्यटक पनि वेन्चाउ क्षेत्रमा अलपत्र परेका हुन् । तीमध्ये १३ हजारभन्दा बढी पर्यटक त बाटोमै अड्किएका पनि अधिकारीले जनाएका छन् ।   

स्थानीय अधिकारीहरूले अप्ठ्यारोमा परेका पर्यटकहरूको उद्धार तथा व्यवस्थापनका लागि विषेश पहल गरिरहेको जनाएका छन् ।  

अत्यधिक वर्षाका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धारलगायत राहत वितरण कार्य जारी रहेको  जनाइएको छ । 

Photo : Chinadaily

salt training

कमेन्ट गर्नुहोस्