२१ असार २०८३, आइतबार

अमेरिकामा एच–१ बी भिसा विषयमा दुई भारतीयमाथि धोकाधडीको आरोप

कात्तिक २०, २०७४
अमेरिकामा एच–१ बी भिसा विषयमा दुई भारतीयमाथि धोकाधडीको आरोप

काठमाडौं, १६ चैत — अमेरिकाको एक अदालतले एच–१ बी भिसा लिएका दुई भारतीयहरूलाई धोकाधडी गरेको आरोपी ठहर गरेको छ ।


उनीहरूको दोष साबित भयो भने २० वर्ष जेल वा १.६ करोड भारु सजाय वा दुवै हुनेछ ।

एच–१ बी भिसा प्रविधि क्षेत्रका व्यावसायिकहरूलाई दिइन्छ ।

जयावेल मुरुगन र सैयद नवाज नामक गरेका दुईजनाले भारतका प्राविधिक व्यावसायिकहरूलाई एच–१ बी भिसा दिलाएका थिए ।

मुरुगन फ्रीमन्टमा रहेको डायनासफ्ट सिनर्जीमा प्रमुख कार्यकारी हुन् । सरकारी वकिलका अनुसार मुरुगन र नवाजले भिसा दिलाउनका लागि गलत कागजात प्रयोग गरेको पाइयो ।

कोर्टमा दायर मिसिलअनुसार मुरुगन नवाजले सन् २०१० देखि २०१६ सम्म भारतका प्रविधिविज्ञहरूलाई स्ट्यानफोर्ड विश्वविद्यालय, सिस्को र ब्रोकेडमा जागिर दिलाएका थिए ।

एच–१ बी भिसाअन्तर्गत अमेरिकी कम्पनीहरूले सैद्धान्तिक वा प्राविधिक विज्ञहरू राख्न सक्ने व्यवस्था छ ।

यही भिसा अन्तर्गत प्राविधिक कम्पनीहरू हरेक वर्ष हजारौं कर्मचारी भर्ना गर्छन् ।

अमेरिकाले हरेक वर्ष ६५ हजार भारतीयहरूलाई एच–१ बी भिसा जारी गर्छ । तर ट्रम्प प्रशासनले यसमा कडीकडाउ गर्ने संकेत दिएको छ ।

दैनिक भास्करबाट




salt training

कमेन्ट गर्नुहोस्