
काठमाडौं, १६ चैत — उत्तरी आयरल्यान्डमा रहेको एक कोकाकोला फ्याक्ट्रीमा कामदारहरूले क्यानमा मान्छेको दिसा भेटेपछि प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

गत हप्ता यो खुलासा भएपछि कोकाकोलाले राति क्यानमा कोक भर्ने काम बन्द गरेको छ । क्यानहरू जर्मनीमा बनेको बेल्फास्ट टेलिग्राफले लेखेको छ ।
दिसा कसरी क्यानमा पस्यो भन्ने विषयमा प्रहरी अनुसन्धानरत छ । क्यानहरू प्रायः बिर्को नराखिकन कारखानामा आउँछन् ।
कोकाकोलाले यो एक्लो घटना भएको र यसले बिक्रीमा रहेका उत्पादनमा असर नपर्ने बताएको छ ।
फूड स्ट्यान्डर्ड एजेन्सीले संक्रमणका बारेमा थाहा पाएको तर उक्त उत्पादन बजार पुगेको कुनै प्रमाण फेला नपरेको बताएको छ ।
स्थानीय वातावरण स्वास्थ्य इकाइले पनि यो घटनाको अनुसन्धान गरिरहेको छ ।
आरटीबाट