२२ जेठ २०८३, शुक्रबार

गोमन साँपलाई बेस्सरी प्यास लागेपछि... (भिडियो सहित)

कात्तिक २०, २०७४
गोमन साँपलाई बेस्सरी प्यास लागेपछि... (भिडियो सहित)

काठमाडौं, १६ चैत — गोमन साँप प्रायः मानिसहरूको सम्पर्कमा आउन चाहँदैन तर अप्ठ्यारो परेपछि उसले जे पनि गर्न तयार हुनुप–यो ।


भारतको एक गाउँमा सुक्खाले गाह्रो पारेपछि यो खतरनाक सर्प प्यासी भएर गाउँ पसेको थियो ।

एउटा भिडियोमा दयालु गाउँलेहरूले सर्पलाई पानी पिलाएको देख्न पाइन्छ ।

एकजनाले सर्पको टाउकोमा पानी खन्याएपछि उसले हतारहतार चाटेको थियो ।

उक्त व्यक्तिले परिस्थिति बिग्रने आँकलन गरेपछि सर्प समात्ने हूक प्रयोग गरेको थियो ।

उसका साथीले गोमनको पुच्छर समातेर आक्रमण गर्न रोकेको थियो ।

यो १२ फीटे गोमनलाई काइगा गाउँबाट उद्धार गरिएको थियो । दक्षिण भारतका केही भागमा कडा सुक्खाका कारण पानीको अभाव भएको छ ।

यसका कारण जनावरहरू पनि संकटमा परेको वन्यजन्तु अधिकारीहरूले बताएका छन् ।
उद्धारकर्ताहरूले गोमन भेटेपछि पानी पिलाएका थिए ।

एउटा बोतलबाट गोमनले पानी पिएको तस्वीर देख्न पाइन्छ । त्यसपछि उद्धारकर्ताले सर्पको टाउकोमा पानी हालेर शीतल बनाए ।

सर्पलाई पछि जनावर हेरचाह केन्द्रमा लगिएको थियो ।

हेरौं भिडियो :

द डेली मेलबाट

salt training

कमेन्ट गर्नुहोस्