०३ असार २०८३, बुधबार

अजिंगरको पेटबाट निस्कियो मान्छे

कात्तिक २०, २०७४
अजिंगरको पेटबाट निस्कियो मान्छे

इन्डोनेसियामा गायब भएको एक मानिस अजिंगरको पेटभित्र मृत अवस्थामा भेटिएका छन् ।


सुलावेसी द्वीपबाट आइतवार हराएका अकबरको खोजी जारी थियो ।

उसलाई त अजिंगरले निलेको रहेछ । तेईस फीट लामो अजिंगरलाई काट्दा मान्छे भेटिएको हो ।

रेटिकुलेटेड अजिंगर भनी चिनिने यो संसारको सबभन्दा ठूलो सरीसृप हो । यसले जसलाई निल्छ, त्यो प्राणीको सास रोकिएर मृत्यु हुन्छ ।

अजिंगरले ठूलो मान्छेलाई दुर्लभै निल्छ । बच्चा र जनावर चाहिँ यसले निलिदिएका समाचार आइरहन्छन् ।

अकबर हराएपछि उसको परिवारका सदस्यले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले खोजी गर्दा पाम बगैैंचानिर अजिंगर बसिरहेको थियो ।

अजिंगर पल्टिरहेको देखेपछि मानिसले शंका गरेर पेट काट्दा अकबर त्यहाँ मरेको अवस्थामा भेटिए ।

बीबीसी हिन्दीबाट




salt training

कमेन्ट गर्नुहोस्