०४ असार २०८३, बिहीबार

कांग्रेस केन्द्रीय समिति बैठकमा 'बालुवाटार जग्गा प्रकरण'

कांग्रेस केन्द्रीय समिति बैठकमा 'बालुवाटार जग्गा प्रकरण'

काठमाडौँ - बिहीवार बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई नीतिगत निर्देशन गर्ने प्रस्ताव पेश भएको छ । यसका साथै बालुवाटार जग्गा प्रकरण पनि आजको बैठकमा छलफलको विषय बनेको थियो ।

सहमहामन्त्री प्रकाशशरण महतले पेश गरेको उक्त प्रस्तावमा अबका बैठकमा छलफल हुने बैठकमा उपस्थित केन्द्रीय सदस्य रामकृष्ण यादवले बताए ।

महतले समसामयिक राजनीतिक प्रस्ताव पनि प्रस्तुत गरेका थिए । उक्त प्रस्तावमा सरकारको क्रियाकलापको भण्डाफोर गर्नुपर्ने, बढिरहेको महंगीका विरुद्धमा कांग्रेसले कुनै ठोस कार्यक्रम लिएर आउनुपर्ने कुराहरू उल्लेख छन् ।

त्यससँगै बैठकमा बालुवाटारको जग्गा प्रकरण पनि छलफलको विषय बनेको बताइएको छ ।

भातृ एवं भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान स्वीकृतिका विषयमा पनि बैठकमा छलफल भएको केन्द्रीय समिति सदस्य रामकृष्ण यादवले बताए । 'समयावधि सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुका सन्दर्भमा आवश्यक निर्णय लिनुपर्ने र भ्रातृ एवं शुभेच्छुक संस्थाको मान्यता पाउन विभिन्न संस्थाहरुले दिएको निवेदनको विषयमा पार्टी केन्द्रीय कार्यालयका तर्फबाट प्रस्ताव आएको थियो,' उनले भने, 'समसामयिक राजनीतिक विषयमा महतले प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।' 
 

आजको बैठकमा कृष्णप्रसाद सिटौला, रामशरण महत, अर्जुननरसिंह के.सी., बलबहादुर के.सी., फरमूल्लाह मन्सुर, सुजाता कोइराला, आनन्दप्रसाद ढुंगाना, नविन्द्रराज जोशी, कमला पन्त, धनराज गुरुङ, महेन्द्र यादव, प्रदीप पौडेल, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

केन्द्रीय समितिको अर्को बैठक शुक्रवार दिउँसो ११ बजे बस्ने कार्यक्रम रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्