१४ असार २०८३, आइतबार

शुल्क बढाउने तयारीमा वीर अस्पताल

भदौ १३, २०७६
शुल्क बढाउने तयारीमा वीर अस्पताल

काठमाडौं– नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले बिरामीसँग प्रत्यक्ष जोडिएको शुल्क बढाउने तयारी गरेसँगै बिरामी मर्कामा पर्ने निश्चित भएको छ । 
अस्पतालले प्रवाह गर्ने सेवामा समयसापेक्ष शुल्क समायोजन गर्ने तयारी थालेको अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले बताए । 

उनले भने, ‘विगत ५ वर्षदेखि अस्पतालले प्रदान गर्ने सेवामा मूल्य बढेको छैन । समयसापेक्ष सेवा शुल्क समायोजन गर्ने तयारी गरेका छौंँ ।’ 
त्यसका लागि कार्यकारी परिषद्को बैठकमा मूल्य समायोजन सन्दर्भमा छलफल समेत सुरु भएको खबर राजधानी दैनिकमा छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्