१२ असार २०८३, शुक्रबार

हतियार आधुनिकीकरण नत्याग्ने उत्तर कोरियाको स्पष्टोक्ति

हतियार आधुनिकीकरण नत्याग्ने उत्तर कोरियाको स्पष्टोक्ति

काठमाडौं – उत्तर कोरियाले बेलायत, फ्रान्स र जर्मनीमाथि हस्तक्षेपको आरोप लगाएको छ । आत्मरक्षाका लागि हतियार आधुनिकीकरण गरिरहेको बताउँदै यो काम नरोक्न उसले चेतावनी दिएको छ । 

प्योङयाङले हतियार राख्ने अधिकार छोड्छ भनी कसैले सोच्छ भने त्यो महाभूल हुने उत्तरको भनाइ छ । शान्ति सुनिश्चित गर्नका लागि हतियार आवश्यक रहेको उसले बतायो । 

उत्तरको आधिकारिक समाचार संस्था कोरियन सेन्ट्रल न्यसज एजेन्सीले किम सोन ग्योङका तर्फबाट बयान जारी गरेको छ । ग्योङ कोरिया–युरोप एसोसिएसनका सल्लाहकार हुन् । तीन देशले मंगलवार एक प्योङयाङको निन्दा गर्दै उसले भड्काउनका लागि लगातार ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरिरहेको बताएका थिए । यी युरोपेली देशहरू उत्तर कोरियाबाट संयुक्त राष्ट्रसंघको प्रतिबन्ध उल्लंघन गरिरहेको बताउँछन् । 

अमेरिकासँग आणविक निःशस्त्रीकरणको कुराकानीमा प्रगति गर्न पनि ती देशले उत्तरलाई सुझाव दिएका छन् । कोरियाली प्रायद्वीपमा सुरक्षा र स्थिरता सुनिश्चित गर्न यो एक मात्र उपाय भएको उनीहरूको भनाइ छ । 

पश्चिमी शक्तिहरूले आफ्नो भविष्य ध्वस्त पार्ने षड्यन्त्र गरेकाले राष्ट्रिय सुरक्षा सुनिश्चित गर्नु महत्त्वपूर्ण कदम भएको उत्तर कोरियाको भनाइ छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्