काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रवार अपरान्ह केन्द्रीय कार्यालय सानेपामा शुरू भएको छ ।
पार्टी महामन्त्री पूर्णबहादुर खड्काले गत असार २२ गते प्रस्तुत गरेका १४ एजेण्डामध्ये लगभग सबै एजेण्डामा छलफल भइसकेको छ । शुक्रवारको बैठकमा 'विविध' विषयमा छलफल केन्द्रीय सदस्य रामकृष्ण यादवले बताए ।
शुक्रवारको बैठकमा भातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन र मान्यता प्रदान गर्ने सम्बन्धमा, पार्टी विधान अनुसार अवधि समाप्त भएका भातृ संघहरुका सम्वन्धमा, जनसम्पर्क समितिका सम्बन्धमा र स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई नीतिगत निर्देशन गर्ने विषयलगायत समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।
यी विषयमा बिहीवार नै छलफल भएको भएतापनि कुनै निष्कर्षमा नपुगेकाले आज थप छलफल हुने यादवले बताए ।