२१ असार २०८३, आइतबार

ब्रेक नलिइकन लगातार ७ वटा अपरेसन गर्ने चिकित्सक भुइँमै सुते

ब्रेक नलिइकन लगातार ७ वटा अपरेसन गर्ने चिकित्सक भुइँमै सुते

काठमाडौं – चीनको शेनझेनस्थित लोङगाङ केन्द्रीय अस्पतालमा कार्यरत चिकित्सक दाइ युले बीचमा आराम नगरिकन लगातार सातवटा शल्यक्रिया गरेका छन् । 

अपरेसनहरू सकेपछि उनी थाकेर भुइँमा सुतेको तस्वीर सार्वजनिक भएको छ । इन्टरनेटमा उनलाई नायक भनी प्रशंसा गरिएको छ । 

डा दाइ उक्त अस्पतालमा अर्थोपेडिक विभागका उपनिर्देशक हुन् । 

उनी सुतेको तस्वीर उनका एक सहकर्मीले खिचेका हुन् । 

दाइले स्थानीय टीभी स्टेसन लोङगाङ च्यानललाई बताएअनुसार, उनी र उनका सहकर्मीहरूले त्यस दिन १० वटा अपरेसन गर्नुपर्ने थियो । 

बिहान ८ बजेदेखि काम थालेका उनले ब्रेक नलिइकन सातवटा शल्यक्रिया गरेका छन् । 

बेलुका ५ बजेतिर डा दाइले शल्यक्रिया कक्षको भुइँमा १० मिनट बस्ने निर्णय गरे । त्यसबीचमा उनका सहकर्मीहरूले अर्को शल्यक्रियाको तयारी गरिरहेका थिए । 

सुस्ताउने क्रममा उनी निदाएछन् अनि उनका एक सहकर्मीले उनको तस्वीर खिचेर सामाजिक सञ्जालमा राखेका थिए । 

निद्राबाट उठेपछि उनले शल्यक्रिया जारी राखे अनि राति ९ बजेसम्म शल्यक्रिया कक्षमा बसे । 

उनको यो मेहनतको खुबै प्रशंसा भइरहेको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्