०६ असार २०८३, शनिबार

नाडा अटो शोमा एक्सएल६ गाडी

नाडा अटो शोमा एक्सएल६ गाडी

काठमाडौं – सीजी मोटोकर्पले नाडा अटो शोको दोस्रो दिन नयाँ एक्सएल६ गाडी प्रस्तुत गरेको छ ।

६ सिट क्षमताको एक्सएल६ गाडीको भित्रि र बाहिरी रुप आकर्षक रहेको छ । 

मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘पारिवारिक मूल्य र संस्कृति नेपाली जीवनको प्रमुख सारका रुपमा रहेको हुन्छ । यसै मूल्य एवं मान्यतालाई आत्मसाथ गर्दै हामीले एक्सएल६ गाडी प्रस्तुत गरेका छौं । जसले एउटा परिवारलाई सँगै यात्रा गर्ने सुविधा प्रदान गर्दछ । आजका ग्राहकले सबैभन्दा बढी खोज्ने स्टाइल र कम्फोर्ट नै हो । जुन यसमा रहेको छ । यसको आकर्षक स्टाइल, खुला भित्रिस्थान, सुविधा, कार्यक्षमता तथा सुरक्षाजस्ता प्रमुख  विशेषता यसमा रहेका छन् ।’ 

बोल्ड, आइकोनिक, स्पोर्टी एवं प्रभावशाली बाहिरी रुप

गाडीको भित्रिरुप प्रभावशाली रहेको छ । स्टाइलमा कम्प्रोमाइज नगरी पर्याप्त भित्रि स्पेस यसको प्रमुख विशेषता हो । उठाइएको हुड र अद्वितीय ग्रीलको साथ बोल्ड क्रश बार डिजाइन, हेड ल्याम्पले यो वास्तवमै दृढ देखिएको छ । कालो अलोइ ह्वील, लगायतका थुप्रै विशेषताले गाडी आफैंमा आकर्षक बन्न पुगेको छ ।

आरामदायी भित्रिरुप

एक्सएल६ मा पर्याप्त भित्रि स्पेस रहेको छ, जसले गर्दा सहजै एउटा परिवार यात्रा गर्न सक्नेछन् । यसका भित्रि एस्सोसरिजहरू पनि आकर्षक एवं विशेषतायुक्त रहेका छन् । यसमा भएका थुप्रै विशेषताको साथ आकर्षक, बोल्ड, प्रभावशाली डिजाइन, दोस्रो तहमा सुरक्षित एवं आरामदायी क्याप्टेन सिट, सुजुकीको नेक्सा सेफ्टी शिल्डको साथ सम्पूर्ण रुपमा सुरक्षित छ ।

भ्यान्टीलेटेड कप होल्डर्स, ओभरहेड कन्सोल, हरेक लाइनमा एक्सोसरिज सकेट, लगायत थुप्रै विशेषताले सुरक्षा एवं सहजताको तहलाई अझै माथि पुर्‍याएको कम्पनीले जनाएको छ ।

स्मार्ट प्ले स्टुडियो टचस्क्रिन

मनोरञ्जनको लागि १७.८ सेमिको स्मार्टप्ले स्टुडियो टचस्क्रिन रहेको छ, जसले गर्दा गाडी चलाउदाको अवस्थामा स्मार्टप्ले स्टुडियो एप्लिकेशनहरुको जीवन्त मनोरञ्जन लिन सकिन्छ । साथै इन्धन कम भएको जानकारी, फ्युल इकोनमी आदि गाडीका आवश्यक जानकारीहरु पनि स्क्रीनमा देख्न सकिन्छ भने स्मार्ट फोनलाई सहजै आवद्ध गर्न सकिन्छ । 

इन्जिन तथा ट्रान्स्मिसन

पेट्रोल इन्जिनको साथ स्मार्ट हाइब्रिड प्रविधिको प्रयोग गरिएको छ । यसमा लिओन ब्याट्री रहेको हुन्छ । यसमा ५ औं पुस्ताको प्ल्याटफर्म, फन्टल अफसेट इम्प्याक्ट, साइट इम्प्याकट र बटुवा सुरक्षा जस्ता सुरक्षालाई समायोजना गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्