०३ असार २०८३, बुधबार

‘बुवा’ फिल्मले पहिलो पुरस्कार पाउन सफल

‘बुवा’ फिल्मले पहिलो पुरस्कार पाउन सफल

काठमाडौं – एनसेल प्रालिले आयोजना गरेको एनसेल सर्ट फिल्म कम्पिटिसन अन्तर्गत कमल सुवेदी र उनको समूहले बनाएको ‘बुवा’ फिल्मले पहिलो पुरस्कार पाउन सफल भएको छ । प्रतियोगिता थिम बुवा रहेको थियो ।

बुवाको मुख हेर्ने दिनको अवसरमा एनसेलले साउनको तेस्रो साताबाट ईच्छुक सर्ट फिल्म निर्माताबाट प्रतियोगितामा समावेश हुन आह्वान गरेको थियो ।

प्रतियोगिताको मुख्य लक्ष्य भनेको युवा प्रतिभालाई चलचित्र निर्माणमा प्रोत्साहन गर्नु रहेको थियो । प्रतियोगितामा ७० वटाभन्दा बढी सर्ट फिल्म आएका थिए र निर्णायक मण्डललाई उत्कृष्ट १० विजेता छान्नका हम्मे हम्मे परेको थियो ।

निर्णायक मण्डलमा क्यूएफएक्स सिनेमाका संस्थापक एवं चलचित्र उद्यमी नकिम उद्दीन, निर्देशक आसिफ शाह र प्रख्यात पत्रकार विद्या चापागाईं रहेका थिए ।

प्रतियोगिताको मुख्य उद्देश्य भनेको युवा प्रतिभालाई आफ्नो सीप र कौशल प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गर्नु र बुवाको मुख हेर्ने दिन ग्राहकका साथ सामाजिक सञ्जालमार्फत साझा गर्न मिल्ने सामाग्री हेर्दै यो विशेष दिन मनाउनुरहेको छ । एक विशेष समारोहमाझ बुधवार साझ क्युएफएक्स सिनेमा लबिम मलमा उत्कृष्ट १० सर्ट फिल्मको प्रिमियर सो गरिएको थियो ।

सो समारोहमा नेपाली चलचित्र उद्योगका गन्यमान्य व्यक्तित्व, चलचित्रकर्मी, दिग्गज कलाकार, प्रतियोगिताका साझेदार र मिडिया क्षेत्रका पाहुनाको उपस्थिति रहेको थियो ।  

प्रतियोगितामा समावेश भएका र उत्कृष्ट १० मा पर्न सफल सर्ट फिल्मका कथाले रचनात्मक र भिन्नाभिन्नै शैलीमा बुवासँग सन्तानका सम्बन्धका बारेमा चित्रण गरेका थिए । एनसेलले यी १० उत्कृष्ट सर्ट फिल्महरुलाई बुवाको मुख हेर्ने दिन आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नेछ ।

कार्यक्रममा बोल्दै चर्चित कलाकार हरिवशं आचार्यले भने, ‘छोटो समयमा यसरी कथा भन्नु एउटा राम्रो खुबी हो । यसरी नै सिनेमा बनाउँदै सिक्दै जाने माध्यम हो र आशा छ उहाँहरूलाई पछि ठूला–ठूला पर्दा देख्न पाउने छौं ।’

कार्यक्रममा उत्कृष्ट सर्ट फिल्मको नाम सार्वजनिक गर्दै सहभागीलाई आकर्षक पुरस्कार हस्तान्तरण गरिएको थियो । एनसेलका चिफ टेक्निकल अफिसर मोहम्मद अदिल ईसरारले उत्कृष्ट पहिलो, फस्ट रनर अप, सेकेण्ड रनर अपलाई पुरस्कार र अन्य दुई सर्ट फिल्मलाई पनि सान्त्वना पुरस्कार वितरण गरेका थिए ।  

‘कथा कति सशक्त छ र प्रस्तुति कत्तिको राम्रो तरिकाले गरिएको छ भनेर निर्णायक मण्डलले निर्णय गरेका थियौं । सबै एम्मेच्योरहरू भएकाले टेक्निकालिटिज्मा त्यति धेरै ध्यान दिएनांै,’ निर्णायक मण्डलका सदस्य मध्य एक शाहले भने । 

कमल सुवेदी र उनको समूहले बनाएको सर्ट फिल्म ‘बुवा’ले पहिलो पुरस्कार स्वरुप १ लाख रुपैयाँ नगद पुरस्कार र समूहका ३ जनाले प्रत्येक महिना १२ महिनासम्म १० जिबी डेटा पाएका छन् । यसका साथै यो समूहले निर्देशक आसिफ शाहसँग सुटिङको बारेमा पनि सिक्ने मौका पाउने छन् ।

विशाल न्यौपाने र उनको समूहले बनाएको फिल्म ‘द ईण्ड अफ कल्चर’ले दोस्रो पुरस्कार स्वरुप ७५ हजार रुपैयाँ नगद पुरस्कार र समूहका ३ जनाले प्रत्येक महिना १२ महिनासम्म १० जिबी डेटा प्राप्त गरेका छन् ।

द नेक्ट लेभल प्रोडक्सनको ‘वल्ड एज होम’ले सेकेण्ड रनर अप बन्दै ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नुका साथै समूहका ३ जनाले प्रत्येक महिना १२ महिनासम्म १० जिबी डेटा पाएका छन् ।  

पहिलो पुरस्कार विजेता समूहका एक सदस्य निश्चल कार्कीले भिडियोको प्रस्तुत कथामा विगत ३ वर्षदेखि काम गरिरहेको बताए र यस भिडियोमार्फत उनीहरूले छोराछोरीले आमाबुवालाई बुढेश कालमा बृद्घाश्रममा छोड्ने सामाजिक समस्यालाइ दर्शाउन खोजेको बताए । 

राजा महर्जन ‘बुवा’ र राईजिङ स्टार नेपालको ‘ड्याड, सन एण्ड ल्यापटप’ले सान्त्वना पुरस्कार हात पारेका थिए । सान्त्वना पुरस्कार अन्तर्गत यी २ सर्ट फिल्मले २५/२५ हजार रुपैयाँका साथै यी २ सर्ट फिल्म निर्माण समूहका ३/३ जनाले १० जिबी एनसेल डेटा प्रत्येक महिना १२ महिनासम्म पाउनेछन् । 

salt training

कमेन्ट गर्नुहोस्