२४ असार २०८३, बुधबार

कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय - नेकपामा प्रवेश गर्ने वडासदस्यलाई पद छाड्न दबाब

कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय - नेकपामा प्रवेश गर्ने वडासदस्यलाई पद छाड्न दबाब

काठमाडौँ - नेकपामा प्रवेश गरेको भन्दै कांग्रेसको तर्फबाट निर्वाचित वडा सदस्यलाई पद रिक्त गर्न कांग्रेस केन्द्रीय समिति बैठकले निर्णयसहित दबाब दिएको छ ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नम्बर २ की वडा सदस्य लक्ष्मी मेहतालाई उक्त पद खाली गरिदिनका लागि निर्वाचन आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र लेख्ने निर्णय गरेको हो ।

मेहताले कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी राजिनामा दिएकी थिइन् । उक्त राजिनामा सुनसरी जिल्ला कार्यसमितिको बैठकले गत भदौ २ गते स्वीकृत गरेको थियो ।

त्यस्तै बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बैठकमा उपस्थित एक केन्द्रीय सदस्यले लोकान्तरलाई बताए ।

गत असार २२ गतेदेखि शुरू भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पेश भएका १४ वटा एजेण्डामध्ये लगभग सबै एजेण्डामा छलफल सकिएको छ । उक्त छलफललाई दस्तावेजीकरण गर्न बाँकी रहेको छ ।

शुक्रवारको बैठकमा केन्द्रीय सदस्यहरु दिलबहादुर घर्ती, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउँद, उमाकान्त चौधरी, डा. शेखर कोइराला, जीवनबहादुर शाही, मीन विश्वकर्मा, जीवन परियार, सीता गुरुङ, गोविन्द भट्टराई, गुरुराज घिमिरे, हृदयराम थानी, सरिता प्रसाई, बहादुरसिंह (लामा) तामाङ र अमृत अर्यालले आ–आफ्नो धारणा राखेका थिए । 

बैठक आगामी १५ गते पुनः बस्ने जानकारी नेपाली कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले दिए ।

salt training

कमेन्ट गर्नुहोस्