०४ असार २०८३, बिहीबार

शहरी विकासमन्त्रीले भने–राष्ट्रिय जनावर गाईको हत्या गर्नु अपराध

भदौ १३, २०७६
शहरी विकासमन्त्रीले भने–राष्ट्रिय जनावर गाईको हत्या गर्नु अपराध

काठमाडौं–शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सामूहिक गौहत्याको छानबिन गरी कारवाही गर्न माग गर्नुभएको छ । मन्त्री राईले आज विज्ञप्ति जारी गरी कानून विपरीत राष्ट्रिय जनावर गाईको हत्या गर्नु अपराध भएको भन्दै छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गर्नुभएको हो । 

    ‘सामूहिक रुपमा गौहत्या गरिएको भनी स्थानीय जनताबाट आइरहेको अभिव्यक्ति र आक्रोश एवम् सामाजिक सञ्जालमा आएका समाचारका सम्बन्धमा अविलम्ब सम्बन्धित निकाय एवम् जिम्मेवारी पक्षमाथि छानबिन एवम् कारवाही हुन अनुरोध गर्दछु’, विज्ञप्तिमा भनिएको छ । 

    गए राति बाँकेको नेपालगञ्जबाट दैलेखतर्फ लैजान लागिएका २९१ वटा गाईमध्ये २३ वटा गाई वीरेन्द्रनगरको कटकुवा जङ्गलमा मृत भेटिएका र १५० वटा गाई घाइते अवस्थामा रहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्