१५ असार २०८३, सोमबार

सडक दुर्घटनामा १ जनाको मृत्यु

सडक दुर्घटनामा १ जनाको मृत्यु

बुटवल – पूर्वपश्चिम राजमार्गको सैनामैना नगरपालिका–१ स्थित वनकट्टामा बोलेरो गाडीले ठक्कर दिँदा शनिवार १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सैनामैना नगरपालिका–१ निवासी ६५ वर्षीया नन्दकली सुवेदी रहेको प्रदेश नम्बर ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक मधुसुदन लुइँटेलले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु१ज १७४६ नम्बरको बोलेरो गाडीले सडकमा छेउमा हिँडिरहेकी सुवेदीलाई ठक्कर दिएको थियो ।

ठक्कर दिएपछि गम्भीर घाइते उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्