२७ असार २०८३, शनिबार

मोजा लगाएर अन्तरंग क्षण बिताउँदा आनन्द बढ्ने निष्कर्ष

कात्तिक २०, २०७४
मोजा लगाएर अन्तरंग क्षण बिताउँदा आनन्द बढ्ने निष्कर्ष

काठमाडौं, १६ मंसिर — मान्नुस् कि नमान्नुस्, सबैजना आफ्नो अन्तरंग क्षणलाई सुमधुर बनाउन चाहन्छन् । कामक्रीडाले शारीरिक सुख मात्र दिँदैन, मानसिक शान्ति पनि दिन्छ । त्यसैकारण यस विषयमा नयाँ नयाँ अनुसन्धान भइरहेका छन् ।

socks

नयाँ अनुसन्धान अनुसार मोजा लगाएर सुत्ने व्यक्तिको सेक्स लाइफ अरूको भन्दा राम्रो हुन्छ । मोजा लगाउँदा पाइताला तातो हुन्छ र रगतको प्रवाह बढ्छ । यस्तो हुँदा उत्तेजना चरममा पुग्छ ।

मोजा लगाएर सुत्ने व्यक्तिलाई निद्रा पनि राम्रो लाग्छ । ग्रोनिनगेन विश्वविद्यालयले गरेको अनुसन्धानको निष्कर्ष अनुसार ८० प्रतिशत जोडीहरूले मोजा लगाएपछि थप राम्रो सेक्सको अनुभव गरे ।

हुन त सुत्ने बेलामा मात्र मोजा लगाएर पुग्दैन । दिनभरि मोजा भिरेर अनि सेक्सका बेलामा पनि मोजा लगाउने हो भने चाहिँ यसको सकारात्मक असर सेक्स लाइफमा देखिन्छ ।

मोजा लगाएर क्रीडा गरिहेर्ने हो कि त ?

मेट्रो

salt training

कमेन्ट गर्नुहोस्