१२ असार २०८३, शुक्रबार

प्रस्तावित निजगढ विमानस्थलः प्रदेश २ ले रुख काट्न नदिने

भदौ १५, २०७६
प्रस्तावित निजगढ विमानस्थलः प्रदेश २ ले रुख काट्न नदिने

प्रदेश २ सरकारले बाराको निजगढमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रुखहरु काट्न नदिने भएको छ । 
विमानस्थल बनाउन प्रदेशभित्रकै अरु खाली जमिन प्रयोग गर्न संघीय सरकारलाई सुझाउने उसको तयारी छ । 
प्रदेशमा बन क्षेत्र ४० प्रतिशत पुर्याउने घोषणा गरिएकामा रुख काटेर विमानस्थल बनाउँदा अझ घट्ने भएकाले खाली जमिन उपयोगका लागि सुझाउने निष्कर्ष निकालिएको प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरणमन्त्री रामनरेश रायले बताए । कान्तिपुर दैनिकमा यो खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्