२१ असार २०८३, आइतबार

हङकङ मेट्रोमा प्रदर्शनकारीमाथि प्रहरी दमन

हङकङ मेट्रोमा प्रदर्शनकारीमाथि प्रहरी दमन

काठमाडौं – प्रतिबन्धलाई चुनौती दिँदै हजारौं प्रदर्शकारीहरू शहरमा निस्केपछि हङकङ प्रहरीले उनीहरूमाथि हिंस्रक दमन गरेको छ । 

प्रहरीले हङकङको अन्डरग्राउन्ड मेट्रोमा प्रदर्शनकारीहरूमाथि लट्ठी प्रहार गरेको अनि खुर्सानीको स्प्रे हानेका तस्वीर सार्वजनिक भएका छन् । 

उग्रवादी विरोधकर्ताहरूले सर्वसाधारणमाथि हिंसा गरेको खबर पाएपछि आफूहरू घटनास्थलमा पुगेको प्रहरीको भनाइ छ । 

तर मेट्रोमा घाइते भएका र पक्राउ परेका सबैजना प्रदर्शनमा संलग्न थिए कि थिएनन् भन्ने प्रस्ट छैन । 

शनिवार हजारौं मानिस सडकमा निस्केर हङकङमा लोकतान्त्रिक निर्वाचनमा चिनियाँ सरकारले लगाएको प्रतिबन्धको पाँचौं वर्ष मनाइरहेका थिए । 

विरोधकर्ताहरूले आगो लगाउने, पेट्रोल बम हान्ने अनि संसद् भवनमा आक्रमण गर्ने काम गरे । 

त्यसको जवाफमा प्रहरीले अश्रूग्यास, रबरको गोली र पानीको फोहराले भीड तितरबितर गरेको थियो । सडक खाली गराउनका लागि प्रहरीले चेतावनीस्वरूप गोलीप्रहार पनि गरेको थियो ।

लोकतन्त्र अभियन्ताहरू पक्राउ परेको विरोधमा ताजा प्रदर्शनहरू भइरहेका हुन् ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्