१९ असार २०८३, शुक्रबार

फ्रान्सको भिल्युबान्नेमा चक्कुप्रहारको घटना, १ को मृत्यु

फ्रान्सको भिल्युबान्नेमा चक्कुप्रहारको घटना, १ को मृत्यु

काठमाडौं – फ्रान्सको भिल्युरबान्नेमा चक्कुप्रहारको घटना हुँदा एकजनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन् । प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । 

आक्रमण शनिवार अपराह्नमा लियोनको लरेन्ट बोन्नेभे स्टेसनमा भएको थियो । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार, एक व्यक्तिले पार्किङ लटमा मानिसहरूमाथि जथाभावी आक्रमण गरेका थिए । १९ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ भने नौजना घाइते भएका छन् । 

एकजनालाई पक्राउ गरिएको बताइएको छ र दोस्रा आक्रमणकारीको उपस्थितिलाई अधिकारीहरूले पुष्टि गरेका छैनन् । 

पक्राउ गरिएका व्यक्ति ३० वर्ष उमेरका अफगानी नागरिक हुन् । पक्राउ परेपछि उनले आफ्नो एउटै मात्र पहिचान नभनेको स्थानीय सञ्चारमाध्यले लेखेका छन् । 

आरटीबाट
 

salt training

कमेन्ट गर्नुहोस्