काठमाडौं – एउटा कुकुरले आफ्नो मालिकको गाडीलाई पर्खालमा लगेर जोतेको छ । कुकुर ड्राइभिङ ह्वीलका पछाडि देखिएको तस्वीर समेत सार्वजनिक भएको छ ।
कुकुरलाई फित्ता सहित कारमा छोडिएको थियो । त्यो फित्ता कारको गीयर शिफ्टमा अड्किएको थियो र त्यसले कारलाई न्युट्रलमा पुर्याएको थियो । त्यसले गर्दा कार गुड्दै गएर पर्खालमा ठोकिएको थियो ।
ड्युक नामक उक्त कुकुरलाई मालिकले आफ्नो मर्सिडिज गाडीमा छोडेर गएका थिए । घटना अमेरिकाको सान फ्रान्सिस्कोमा भएको हो ।
गाडी गुड्दै गएर पर्खालमा ठोकिएपछि मेलबक्स र फोहर राख्ने भाँडाहरू भत्किएका थिए ।
भाग्यवश ड्युक उक्त घटनामा घाइते भएन ।
एजेन्सी