२१ असार २०८३, आइतबार

रुखमा ढाड घोट्दै नाच्यो खैरो भालु (भिडियो)

रुखमा ढाड घोट्दै नाच्यो खैरो भालु (भिडियो)

काठमाडौं – क्यानडामा एउटा रुखमा भालु क्यामराअगाडि नाचेको छ । 

सानो भालु पछिल्तिरको खुट्टामा उभिएर पञ्जा हावामा उठाउँदै कम्मर हल्लाउँदै नाचेको थियो ।

वन्यजन्तु फोटोग्राफर रसेल मिल्नरले क्यानडाको नकिना नदीनजिक भालुको यो नाचको फोटो तथा भिडियो खिचेका हुन् । 

खैरो भालु लगभग ६ फीट अग्लो रहेको र उसले रुखमा आफूलाई घोटेर आफ्नो इलाका भएको जनाउ दिएको उनले बताए । त्यसक्रममा उसले निकै आनन्द उठाएको मिल्नरको भनाइ छ । 

भालुको तस्वीर लिन मिल्नर तीन दिन हिँडेर उक्त ठाउँमा पुगेका थिए । 

उनले भने, ‘भालुले रुखमा ढाड कन्याएको थियो र दुई मिनेटसम्म त्यसलाई अँगालो हालेको थियो ।’

मिल्नरका अनुसार, भालुको तौल १२० किलो जति हुनुपर्छ । पाँच मिटर टाढा आफ्नो उपस्थितिलाई उसले चासो नदिएको मिल्नरको भनाइ छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्