२८ असार २०८३, आइतबार

मध्य प्रदेशको एक विद्यालयले नेपाली विद्यार्थीहरूलाई निकाल्यो, उनीहरूले मोदीलाई लेखे पत्र

मध्य प्रदेशको एक विद्यालयले नेपाली विद्यार्थीहरूलाई निकाल्यो, उनीहरूले मोदीलाई लेखे पत्र

काठमाडौं – मध्य प्रदेशको धारमा दिदीबहिनीलाई एक विद्यालयले नेपाली भएकै कारण निष्काशन गरेको छ । 

विद्यालयमा दिदीबहिनीलाई नेपाली भनेर जिस्क्याउने गरिएको थियो । दिदीबहिनीले सहायताका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र समेत पठाएका छन् । 

त्यसपछि यो घटना सार्वजनिक भयो र स्कूल व्यवस्थापनले आफ्नो प्रतिरक्षा गर्न खोज्यो । व्यवस्थापनले दिदीबहिनीका मातापितामाथि अभद्र व्यवहारको आरोप समेत लगाएको छ । 

एमिनेन्ट पब्लिक स्कूलमा यो घटना भएको हो । त्यहाँ अवनिशा खड्का र अनुष्का खड्का नामक दिदीबिहनी नर्सरीदेखि नै पढ्दै आएका थिए । अन्य विद्यार्थी र शिक्षकहरूले उनीहरूमाथि नराम्रो व्यवहार गर्ने गरेको उनीहरूको भनाइ छ । 

नेपाली भनेर आफूलाई चिढ्याइने गरेको कुरा दिदीबहिनीले मातापितालाई बताएपछि उनीहरू शिक्षकहरूसँग कुरा गर्न पुगे । त्यसक्रममा मातापिता र शिक्षकहरूबीच बहस भयो र पछि स्कूल व्यवस्थापले दिदीबहिनीलाई निष्काशन गरिएको पत्र कुरियरमार्फत पठायो । 

अवनिशा आड कक्षामा अनि अनुष्का पाँच कक्षामा पढ्छन् । नेपाली भएका कारण उनीहरूमाथि भेदभाव गर्ने गरिएको उनीहरूको भनाइ छ । उनीहरूले जिल्ला शिक्षा अधिकारीलाई यस विषयमा गुनासो गरेका छन् र न्यायको गुहार लगाइरहेका छन् ।

यस विषयमा स्कूलको प्राचार्यसँग कुरा गर्दा उनले दिदीबहिनीका मातापितामाथि अभद्रताको आरोप लगाए । उनीहरूलाई फेरि विद्यालय पस्न नदिने उनले अड्डी लिएका छन् । 

जिल्ला शिक्षा अधिकारी मंगेश व्यासले चाहिँ यस्तो विषयमा कुनै पनि विद्यालयले बच्चाहरूलाई निकाल्न नमिल्ने स्पष्ट बताए । यसको अनुसन्धान गर्ने विद्यार्थी दिदीबहिनीलाई न्याय दिलाउने आश्वासन उनले दिएका छन् ।

न्युज१८ बाट
 

salt training

कमेन्ट गर्नुहोस्