
काठमाडौं । शक्तिशाली आँधी ‘डोरियन’का कारण बहामासको जनजीवन प्रभावित भएको छ ।
आँधीका कारण बहामासमा २ सय ९५ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलिरहेको बताइएको छ । क्याटागोरी ५ अन्तर्गत पर्ने यो आँधीका कारण बहामासमा भू–स्खलन भएको छ ।
आँधीका कारण अहिलेसम्म जनधनको क्षतिबारे एकिन रिपोर्ट आइनसकेको बहामासको पर्यटन मन्त्रालयले जनाएको छ ।