
काठमाडौं– गुगलको स्वामित्वमा रहेको भिडियो शेयरीङ प्लेटफर्म युट्युवलाई बालबालिकाको गोपनियतासम्बन्धि नियम उल्लंघनको आरोप लागेको छ । जसका कारण गुगलले करिब २० अर्ब नेपाली रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।
अमेरिकी मिडिया न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार, विज्ञापनको लागि डाटा संकलन गर्ने क्रममा युट्युवले यस नियमको उल्लंघन गरेको हो ।
रिपोर्टका अनुसार, युट्युवमाथि ‘चिल्ड्रेन पोलिसी’को उल्लंघनको आरोप लागेकाे हाे। उनीहरुले १३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुको डाटा उनीहरुको परिवारको अनुमतिबिना नै संकलन गरेको थियो । जसका कारण गुगलले ठुलाे धनराशी जरिवाना तिर्नुपरेकाे बताइएकाे छ ।