काठमाडौं – फ्रान्सको एक मनोरञ्जन क्लबमा अब रोबोटहरूले पोल डान्स लाइभ पर्फर्मेन्स गर्ने भएका छन् ।
संसारमा पहिलोपटक रोबोटले पोल डान्स गर्न लागेको हो । क्लब मालिकले दुईवटा रोबोट डान्सरलाई क्लबमा ल्याइएको बताए । रोबोटहरूलाई हील लगाउन दिइएको छ ।
रोबोटको टाउकोमा क्यामरा छ र त्यसबाट दर्शकको हाउभाउ थाहा हुन्छ ।
क्लबले अर्को हप्ता पाँचौं वर्षगाँठ मनाउँदैछ र त्यसै अवसरमा रोबोटिक पोल डान्स गराइने भएको हो ।
यी रोबोटहरूलाई बेलायती कलाकार गिल्स वाकरले बनाएका हुन् । उनले धातुको शरीरलाई प्लास्टिकले ढाकेका छन् । रोबोट मानव जस्तो देखिन्छ ।
गिल्सका अनुसार, रोबोट पोल डान्सरले अरूहरूसँग नृत्य गर्नेछ । दर्शकहरूको मनोभाव बुझेर त्यसैअनुरूप प्रतिक्रिया दिन रोबोट सक्षम छ ।
क्लबमा डान्स गर्ने २३ वर्षीया लेक्सीले रोबोटबाट आफ्नो काममा असर नपर्ने बताए । रोबोटले आफ्नो ठाउँ दिन नसक्ने उनको भनाइ छ । आफूहरूले अश्लील काम नगरेको र रोबोट आएपछि कुनै परिवर्तन नआउने उनको भनाइ छ ।
एजेन्सी