०८ साउन २०८३, शुक्रबार

एनआईसी एशिया बैंककोे नयाँ शाखा रोल्पाको लिवाङमा

एनआईसी एशिया बैंककोे नयाँ शाखा रोल्पाको लिवाङमा

काठमाडौं – ग्रामीण तथा दुर्गमस्थानका साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकको नयाँ शाखा रोल्पाको लिवाङमा सञ्चालनमा आएको छ ।

रोल्पा जिल्लाको रोल्पा नगरपालिका–४ स्थित लिवाङ शाखा भदौ १३ गतेदेखि सञ्चालनमा आएको हो ।

बैंकले सञ्चालनमा ल्याएको लिवाङ शाखाकोे उद्घाटन रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले गरे ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा बैंकको मुलुकभर २९७ शाखा कार्यालय, ३५० एटीएम, ५८ वटा एक्स्टेन्सन काउन्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करीब १८ लाख ग्राहकका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचक अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करीब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रोल्पा, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्