
काठमाडौं – सिंगापुरमा उपचारका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति बुझ्न सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल सिंगापुर जाने भएका छन् ।
उनी मंगलवार अपराह्न सिंगापुर उड्ने उनको निजी सचिवालयले बताएको छ ।
यसअघि सचिवालय वामदेव गौतम पनि सँगै जाने चर्चा चलेको थियो । गौतमको सचिवालयले उनी सिंगापुर जाने कुनै कार्यक्रम नरहेको पुष्टि गरेको छ ।
'उहाँ सिंगापुर जाने कुनै कार्यक्रम रहेको छैन,' स्रोतले लोकान्तरलाई भन्यो, 'सञ्चारमाध्यमहरूमा चर्चा चलेको रहेछ तर त्यसमा सत्यता छैन ।'