१९ असार २०८३, शुक्रबार

खरको छानोमुक्त वडा बन्दै

खरको छानोमुक्त वडा बन्दै

तनहुँ- तनहुँको व्यास नगरपालिका–५ ले वडाभित्र खरले छाएको छानो विस्थापित गर्ने भएको छ । खरको छानामुक्त वडा बनाउने उद्देश्यले त्यस्ता घरमा जस्तापाताको छानो राख्न वडा कार्यालयले बजेट विनियोजन गरिसकेको छ । सो कार्यका लागि चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरिनाका साथै लागि खरको छानो भएका घरको तथ्याङ्क सङ्कलन शुरू गरिसकेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

'हालसम्म दुई सयभन्दा बढी घरको तथ्याङ्क आइसकेको छ,' उनले भने, 'पूरै तथ्याङ्क प्राप्त भएपछि खरको छानो विस्थापित कार्यक्रम शुरू गर्छौं । यस कार्यका लागि चालु आर्थिक वर्षको बजेट अपुग भए आगामी वर्षमा पनि बजेट विनियोजन गरिनेछ ।'

सङ्घीय सरकारको नीति बमोजिम जिल्लाका २५० घरधुरीमा चालु आर्थिक वर्षमा खरको छानो विस्थापित गरिँदैछ । ब्यास नगरपालिकाको ७ देखि १४ वडा, भीमाद नगरपालिका र रिसिङ गाउँपालिका अन्तर्गतका वडामा खरको छानो विस्थापित गरिने सरकारको कार्यक्रम छ । 

सङ्घीय सरकारमार्फत ब्यास नगरपालिका–५ मा खरको छानो विस्थापित गर्न बजेट नपरेपछि वडाकै सक्रियतामा खरको छानो विस्थापित गर्न लागिएको र यसमा विपन्नलाई प्राथमिकता दिइने वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्