२८ असार २०८३, आइतबार

सेनामाथि गरेको आक्रमणमा परी एघार सेनाको मृत्यु

सेनामाथि गरेको आक्रमणमा परी एघार सेनाको मृत्यु

अफगानिस्तान– अफगानिस्तानको उत्तर भागमा पर्ने प्रान्त तखारमा मङ्गलबार बिहान सबेरै तालिबान लडाकू समूहले सरकार समर्थक नागरिक सेनामाथि गरेको आक्रमणमा परी एघार जना नागरिक सेना मारिएका प्रान्तीय प्रहरी प्रवक्ताले बताएका छन् । 

याङ्गी काला जिल्लाको करीम्बावाइ इलामा रहेको जाँच चौकी तालिबान लडाकू गरेको आक्रमणपछि भएको  झडपमा परी  ती नागरिक सेनाका सदस्यहरु मारिएका प्रवक्ता खालिल असिरले सिन्ह्वा समाचार समितिलाई बताएका हुन् । 

यस झडपको क्रममा भएको दोहोरो गोली हानाहानमा परी कैयौ लडाकू मारिनुको साथै घाइते भएका बताइएको छ ।  तर मारिएका वा घाइते भएका लडाकू  यकिन सङ्ख्या भने पुष्टि नभएको सरकारी स्रोतले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्