
एजेन्सी-भगवानले जसरी मानिसहरुको सृष्टि गर्छन्, त्यसरी नै जनावरहरुको पनि सृष्टि हुने गर्छ । संसारमा अनेक प्रजातिका जनावरहरु छन् । तिनै प्रजाती मध्येमा पर्छ कछुवा पनि ।
कछुवा आकारमा सानो हुन्छ र उसको हिँडाइको गति पनि सुस्त हुन्छ । तर कछुवाको औसत आयु भने लामो नै हुन्छ । तर हामीले कहिल्यै दुईवटा शिर भएको कछुवा देखेका छैनौँ होला । हामीलाई बिल्कुलै यस्ता घट्नाहरुले अचम्ममा पारिदिने गर्छ । भर्खरै दुईवटा टाउको भएको कछुवाको खबरले सामाजिक सञ्जाल तातिएको छ ।
हिल्टन हेड आइल्याण्डको दक्षिणी क्यारोलिना प्रान्तमा यो कछुवा पाइएको हो । रिपोर्टका अनुसार दुई वटा टाउको भएको यो कछुवा अनुसन्धानका क्रममा जिउँदै फेला परेको हो । तर उक्त कछुवालाई अनुसन्धान पछि समुन्द्रमा छोडिएको छ । अनुसन्धानमा खटिएको सी टर्टल पेट्रोल हिल्डन हेडका अनुसार जीवितै रहेकोे दुई शिरवाला कछुवा फेला परेको हो ।
अहिले उक्त दुई टाउकोवाला कछुवाको तस्बिर सामाजिक सञ्जालमा धेरै शेयर भइरहेको छ । समुन्द्री जीवविज्ञानीहरुले भने आनुवंशिक परिवर्तनका कारण यस्तो भएको बताउका छन् । जसको नाम स्क्वर्ट क्रस राखिएको छ ।