२१ जेठ २०८३, बिहीबार

एयर एम्बुलेन्स होटलको भवनमा ठोकिएपछि ९ जनाको मृत्यु (भिडियो)

एयर एम्बुलेन्स होटलको भवनमा ठोकिएपछि ९ जनाको मृत्यु (भिडियो)

काठमाडौं – फिलिपिन्सको दक्षिणी भागमा रहेको काबुयाओ शहरमा एउटा एयर एम्बुलेन्स होटल भवनमा ठोकिएपछि त्यसमा सवार सबै नौजनाको मृत्यु भएको छ । 

बीचक्राफ्ट किङ एयर ३५० विमानमा चिकित्सकहरू, एक पुरुष रोगी र उनकी पत्नी सवार थिए । उनीहरू दिपोलोग शहरबाट राजधानी मनिलास्थित अस्पतालमा जाँदैथिए । घटना शनिवार भएको हो । 

स्थानीय समयअनुसार दिउँसो ३ बजे विमानको पछिल्लो भागमा धूवाँ निकाल्दै एउटा पहाडतर्फ गइरहेको देखिएको थियो । त्यसपछि विमान एउटा होटलमा ठोकियो अनि आगोको लप्का निस्कियो । 

जमीनमा रहेका दुईजना घाइते भएका छन् भने विमानका सबैजना मारिएका छन् । 

बर्खा ऋतुमा दुर्घटना भएको हो । पानसोलमा समुद्री किनार र तातोपानी भ्रमण गर्नका लागि बर्खामा कम पर्यटक पुग्ने गर्छन् । 

लगुना प्रहरी प्रमुख कर्नेल इलियाजार माताले भने, ‘त्यतिखेर बेस्सरी पानी परिरहेको थियो । रिपोर्ट दिन पनि गाह्रो छ किनसक त्यतिखेर भारी वर्षा भइरहेको थियो ।’

स्थानीयहरूका अनुसार, विमान उक्त क्षेत्रमा ३० मिनट जति आकाशमै घुमेपछि दुर्घटनाग्रस्त भएको थियो । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्