
काठमाडौं, १७ चैत - पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रको ब्रतबन्ध आज हुँदै छ । निर्मल निवासले ब्रतबन्धका लागि लामो समयदेखि तयारी गरेको थियो । आज नारायणहीटी दरबारमा उनको ब्रतबन्ध हुँदैछ । उनीहरू दर्शनका लागि हनुमानढोका दरबारमा समेत आउँदैछन् । ब्रतबन्धको निम्ता खान उनले आफ्ना तत्कालिन दुस्मनहरु सबैलाई बोलाएका छन् । राजतन्त्र फाल्नको लागि ठूलै आन्दोलन गर्ने सबै दलका नेताहरु उनको पाहुनाको सूचीमा छन् ।
ज्ञानेन्द्रका छोरा पारस र बुहारी हिमानीबाट जन्मिएका हृदयन्द्रको ब्रतबन्धको सम्पूर्ण व्यवस्था ज्ञानेन्द्रलेनै मिलाएका हुन् । ब्रतबन्धको अवसर पारेर आउँदो २४ गते होटल सोल्टीमा दिवा भोज पनि दिँदैछन् ।
२४ गते राति आफन्तहरुलाई चाहिँ उनले रात्रिभोजमो समेत व्यवस्था गरेका छन् । अरु पाहुनाहरु चाहिँ दिवा भोजका लागि विहान ११ बजे सोल्टीमा जानेछन् ।
उक्त समारोहका लागि राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री प्रचण्ड तथा उपप्रधानमन्त्री र मन्त्रीहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, नेताहरू, धर्मगुरुहरू, उद्योग वाणिज्य महासङ्घ, च्याम्बर अफ कमर्स र सीएनआईका पदाधिकारी तथा सदस्यहरू लगायतलाई निम्ता गरिएको छ ।
सन्तमहन्थहरू, पत्रकारहरू, मिडिया व्यवसायीहरू, कलाकारहरू, संसद्मा प्रतिनिधित्व गर्ने र नगर्ने राजनीतिक दलका नेताहरू, सामाजिक कार्यकर्ताहरूलगायत समाजको सबै क्षेत्रका अगुवाहरूलाई निमन्त्रणा पठाइएको छ ।
ज्ञानेन्द्रले आफूलाई सत्ताबाट हटाउन जनयुद्धनै गर्ने प्रधानमन्त्री प्रचण्डदेखि लिएर अहिलेका उग्र नेता नेत्र विक्रम चन्द विप्लव समेतलाई निम्ता गरेका छन् । साथै उनले मोहन बैद्य किरणलाई पनि निम्ता गरेका छन् । उनका दुस्मन मध्येका केही नेताहरु कार्यक्रममा सहभागि हुने बुझिएको छ ।