
काठमाडौं– अहिले देशभर सामान्य देखि पूर्णतया बदली भई केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्ययम वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधवार दिउँसो देशभरी सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन तथा चट्यांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना समेत रहेको छ।
यस्तै बुधवार राती देशभरी सामान्य बदली रही पश्चिम र मध्यका अधिकांश साथै पुर्वका केहि स्थानहरुमा मेघ गर्जन तथा चट्यांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै देशभर थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भु(भागमा औसत स्थान भन्दा केहि माथि र अन्य ठाउंमा औसत स्थान आसपास रहेको महाशाखाले जनाएको छ ।
साथै बंगालको खाडीको उत्तर – पश्चिमि भागमा एउटा न्युन चापिय प्रणाली बनेको बताइएको छ ।
मेघ गर्जनसहितको वर्षाका कारण पहाडी भु-भागमा पहिरोको जान सक्ने , हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने साथै नदिमा पानिको वहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।