२९ असार २०८३, सोमबार

गच्छेदारद्वार सरकारलाई दिएकाे समर्थन फिर्ता

कात्तिक २०, २०७४
गच्छेदारद्वार सरकारलाई दिएकाे समर्थन फिर्ता
काठमाडौं, १७ चैत - मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । दुई दिन सम्म चलेको सो पार्टीको कार्य सम्पादन समतिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
थरुहट मधेशको मुद्दालाई सरकारले सम्बोधन गर्न नसकेकोले सरकारलाई दिएको निर्णय फिर्ता लिने निर्णय गरिएको पार्टीका प्रमुख सचेतक योगेन्द्र चौधरीले बताए । सरकारले गर्न सक्ने न्युनतम काम पनि नगरेकोले समर्थन फिर्ता लिन लागिएको उनले जानकारी दिए । विजयकुमार गच्छेदार नेतृत्वको यो पार्टीको सदनमा १४ जना सांसद रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्