
काठमाडौं– नेकपा सांसद गणेश पहाडीले नेपालका विभिन्न जिल्लामा फैलिएको अमेरिकन फौजी किरा नस्ट गर्नेतर्फ खोज, अनुसन्धान र निदानको व्यबस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद पहाडीले फौजी किराका कारण किसानले दशैं मान्न नसक्ने अबस्था आएको भन्दै चिन्ता व्यक्त गरे ।
‘वैशाख २६ गते नवलपरासीको गैडाकोटमा देखिएको अमेरिकन फौजी किराका कारण महाभारत रेन्जका सिन्धुली, उदयपुर लगायतका जिल्लामा अमेरिकन फौजी किराले किसानको बाली नाली सखाप पारेको छ, किशानहरु दशै मनाउन नसक्ने अबस्थामा छन् ’सांसद पहाडीले भने, ‘खोज, अनुसन्धान र निदान गर्न र किसानलाई राहतको व्यबस्था गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।’