२३ जेठ २०८३, शनिबार

सत्तापक्षीय सांसदको गर्जन : भ्रष्टाचारमा सरकारले महारथ प्राप्त गर्‍यो !

सत्तापक्षीय सांसदको गर्जन : भ्रष्टाचारमा सरकारले महारथ प्राप्त गर्‍यो !

काठमाडौं – सत्तारुढ समाजवादी पार्टी नेपालकी सांसद रेणु यादवले सरकारले भ्रष्टाचारमा महारथ हासिल गरेको टिप्पणी गरेकी छिन् । 

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै यादवले महंगी र भ्रष्टाचार सरकारको नियन्त्रणमा नभएको भन्दै यसले देशको गति र दिशा सही नभएको देखाएको बताएकी हुन् । 

‘महंगीमा नियन्त्रण छैन, भ्रष्टाचारमा पनि नियन्त्रण छैन,’ हिन्दी भाषामा बोल्दै सांसद यादवले प्रश्न गरिन्, ‘देशको गति र दिशा कतातर्फ गइरहेको छ ? आज काठमाडौंमा विद्यार्थीहरू एकछाक तरकारी खान पाउँदैनन् । के यस महंगाईको चपेटामा परेका विद्यार्थीहरूले पढ्न नपाउनु ? यस महंगीमा न त बजारको नियन्त्रण छ, न त सरकारको नै नियन्त्रण छ ।’ 

जनताले इतिहासमा पहिलोपल्ट यतिधेरै बहुमत दिएर सरकार बनाएको भन्दै यादवले त्यो इतिहास दोहोरिन नसक्ने बताइन् । ‘इतिहासमा पहिलोपटक जनताले यतिधेरै मतका साथ सरकार बनाएका छन्,’ उनले भनिन्, ‘मलाई लाग्दैन यो इतिहास दोहोरिनेवाला छ । बरू बहुमतको सरकारले आफ्नै इतिहास बनाउँदैछ । भ्रष्टाचार गरेर आफ्नो इतिहास कायम गरिरहेको छ ।’

कुनै पनि मन्त्रीले संसदमा आएर ‘मैले यो गर्दैछु’ भन्दै ठोस कुरा नबोलेको यादवको आक्रोश छ । सांसद यादवले प्रहरी सरकारको भातृ संगठन जस्तो बनेको आरोप लगाइन् ।

salt training

कमेन्ट गर्नुहोस्