०३ असार २०८३, बुधबार

मेक्सिकोमा फोहर फाल्ने ठाउँमा भेटिए २ हजारभन्दा बढी मानव हाड

मेक्सिकोमा फोहर फाल्ने ठाउँमा भेटिए २ हजारभन्दा बढी मानव हाड

काठमाडौं – मेक्सिकोको उत्तरपश्चिमी क्षेत्रमा १५० भन्दा बढी मानिसको दुई हजारभन्दा बढी हाड खोजी टोलीले फेला पारेको छ । 

भदौ ७ गते स्टेट ब्रिगेड फर द सर्च अफ डिसअपीयर्ड पर्सन्सका सदस्यहरूले कुलिआकान नामक स्थानमा फोहर फाल्ने मैदामा झोलाहरूमा हाड फेला पारेका हुन् । 

हात र गोडाका हाडहरू भुइँभरि छरिएका थिए । 

तीमध्ये केही हाड बालबालिकाको भएको फरेन्सिकविज्ञहरूले बताएका छन् । 

मेक्सिकन सञ्चारमाध्यम एल युनिभर्सलका अनुसार, अनेकौं झोलामा हाडहरू राखिएको थियो । 

घामपानीमा परेर केही झोलाहरू क्षतिग्रस्त भएका थिए । केही झोलालाई चाहिँ जनावरहरूले खोतलेका थिए । 

खोजी टोलीले हराइरहेका तीन व्यक्तिका शरीर फेला पारेका थिए । उनीहरूलाई टाउकोमा गोली हानिएको देखिन्थ्यो । 

अर्को टोलीले माजातलान शहरमा प्रशान्त महासागरको किनारमा गाडिएका दुई शरीर फेला पार्‍यो । 

खोजी ब्रिगेड सन् २०१६ मा बनाइएको थियो र यसमा बेपत्ता मानिसका सदस्यहरू छन् । मेक्सिकोमा विगत दुई दशकमा हराइरहेका ५७ हजार ८६१ मानिसलाई खोज्न उनीहरू स्वयंसेवा गरिरहेका छन् ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्