
काठमाडौं – हङकङकी नेता क्यारी लामले औपचारिक रूपमा सुपूर्दगी कानून फिर्ता लिने तयारी गरेको हङकङका स्थानीय समाचारपत्रहरूले लेखेका छन् । त्यसै कानूनका कारण महिनौंदेखि विरोध प्रदर्शन चलिरहेको थियो र फिर्ता लिएपछि त्यो साम्य हुने अपेक्षा छ ।
बुधवार स्थानीय समयअनुसार ४ बजे चीनपक्षधर राजनीतिक नेताहरूसँगको बैठकपछि लामले औपचारिक रूपमा विधेयक फिर्ता लिने योजना बनाएको साउथ चाइना मर्निङ पोस्ट पत्रिकाले लेखेको छ ।
अघिल्लो सप्ताहान्तमा भएको विरोध प्रदर्शनमा विरोधकर्ता र दंगा प्रहरीबीच भयंकर भिडन्त भएको थियो । विरोधकर्ताहरूले पेट्रोल बम प्रहार गरेको र सडकमा आगो लगाएको अनि प्रहरी अधिकारीहरूले अश्रूग्या, रबरका गोली र खुर्सानीको स्प्रे प्रहार गरेका थिए । जुन महिनामा विरोध प्रदर्शन शुरू भएयता ११ सयभन्दा बढी मानिस पक्राउ परिसकेका छन् ।
एजेन्सी