२७ असार २०८३, शनिबार

नेपाल रेमिट र रेमिट्लीबीच रेमिट्यान्स सम्झौता

नेपाल रेमिट र रेमिट्लीबीच रेमिट्यान्स सम्झौता

काठमाडौं – नेपाल रेमिट इन्टरनेसनल प्रालिले अमेरिका, यूके र युरोप लगायतका मुलुकमा थप सेवा विस्तार गरेको छ ।

विदेशमा रहेका नेपालीले अब रेमिट्लीको मोबाइल एप्लिकेसन डाउनलोड गरी सजिलै आफूले चाहेका आफन्तलाई आफ्नै मोबाइलबाट पैसा पठाउन र नेपालमा नेपाल रेमिटसँग आवद्ध बैंक तथा ३ हजारभन्दा बढी पेमेन्ट काउन्टरबाट सजिलै निकाल्न सक्नेछन् ।

रेमिट्लीको उच्च व्यवस्थापनले नेपालमा नेपाल रेमिटसँग सम्झौता गर्न र आपसी सहकार्यमा आफ्नो सेवा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा नयाँ र उत्कृष्ट किसिमका सेवा थप गर्दै लैजाने जानकारी दिएका छन् ।

नेपाल रेमिटले विगत १४ वर्षदेखि विश्वभरि छरिएर रहेका आफ्ना शहयात्री एक्सप्रेस मनी, वर्ल्ड रेमिट, इन्सटेन्ट क्यास, स्पीड रेमिट, क्यास एक्सप्रेस, अलन्सारी एक्सप्रेस, मनी ट्रान्स, स्मल वर्ल्ड, स्मार्ट मनी, सिग्यु, यूएनएल स्ट्रिम र नेपालभर छरिएर रहेका ३ हजार बढी एजेन्टबाट सेवा दिँदै आएको छ ।

भविष्यमा अझै सहज र उत्कृष्ट सेवा दिन निरन्तर अगाडि बढिरहने कम्पनीका सीइओ रितेश मित्तलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्