२३ जेठ २०८३, शनिबार

प्रहरी स्कूलमा ‘लभ काण्ड’, ८ मा पढ्ने युवकको रहस्यमय मृत्यु

कात्तिक २०, २०७४
प्रहरी स्कूलमा ‘लभ काण्ड’, ८ मा पढ्ने युवकको रहस्यमय मृत्यु
काठमाडौं, १७ चैत – काठमाडौंको रानीबारीमा रहेको नेपाल प्रहरी स्कूलमा एक विद्यार्थीको रहस्यमय ढंगले निधन भएको छ । कक्षा ८ मा पढ्ने गोंगबुका गुञ्जन मगरको हिँजो रहस्यम तरिकाले ज्यान गएको हो । स्कूल स्रोतले उनी तीन तला माथि छतबाट खसेको बताएको छ । तर आफन्तहरुले चाहिँ स्कूलले मगरको हत्या गरेको बताएका छन् ।
मगरको हिँजो निधन भएपनि यो घटना गुपचुपनै रहेको थियो । तर आज मगरका आफन्तहरु विद्यालय घेराउ गर्न गएपछि घटना बाहिर आएको हो । मृतकका आफन्त दाई आशिश मगरका अनुसार विद्यालयले बुधवार विहान गुञ्जनलाई स्कूलमा बोलाएको थियो ।

विद्यालयले अभिभावक सहित बोलाएको भएपनि उनी एक्लै विद्यालय गएका थिए । आफन्तहरुले फेसबुकमा केटीको फोटा सम्बन्धी लफडा परेको भन्दै उनलाई स्कूलमा बोलाएको बताउँछन् ।

गुञ्जनको एक जना प्रहरी हवल्दारकी छोरीसँग प्रेम सम्बन्ध रहेको र सोही विषयमा विबाद बढेको बताइएको छ । ती युवती र गुञ्जनले गरेको फेसबुकच्याटको विषयमा विवाद भएको र त्यो विवाद विद्यालय प्रशासनसम्मै पुगेपछि उनलाई विद्यालयले छलफलका लागि बोलाएको थियो ।

त्यस्तो गम्भीर विषयमा विद्यार्थीलाई मात्रै बोलाएर छलफल गरिएकोले आफूहरुलाई गम्भीर शंका भएको आफन्तहरुले बताएका छन् । विद्यालय प्रशासनले चाहिँ छलफलको क्रममा गुञ्जन तीनतला माथिबाट खसेको बताएको छ । त्यसपछि उपचारको क्रममा बुधवार रातिनै प्रहरी अस्पतालमा ज्यान गएको बताएको छ ।

तर आफन्तहरुले चाहिँ गुञ्जनले विद्यालयको कारण आत्महत्या गरेको वा विद्यालयलेनै हत्या गरेको आरोप लगाएका छन् । घटनापछि आफूहरुलाई तत्काल खबर नगरिएको आफन्तहरुको भनाई छ । स्कूल गएको छोरा घर नफर्किएपछि आफन्तहरुले विद्यालयमा फोन गरेर सोध्दा घटनाको बारेमा बल्ल बताइएको आफन्तले बताए ।

यो विषयमा प्रहरी विद्यालयले कुनैपनि धारणा दिन मानेको छैन । यसरी घटना रहस्यमय बन्दै गएपछि आफन्तहरुले घटनाको सत्य तथ्य बाहिर ल्याउनुपर्ने माग गरेका छन् । विद्यालय विदाको दिनमा उनलाई छलफलका लागि भन्दै बोलाइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्