०८ असार २०८३, सोमबार

आजको मौसम : सामान्यदेखि हल्का वर्षाको सम्भावना

आजको मौसम : सामान्यदेखि हल्का वर्षाको सम्भावना

काठमाडौं – बिहीवार देशभर मौसम सामान्य देखि आंसिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंसिक देखि सामान्य बदली भई मध्य र पश्चिमका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको समेत महाशाखाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

बिहीवार दिउँसो तथा राती पनि देशभरी आंसिक देखि सामान्य बदली रही पूर्व र मध्यका पहाडि तथा पश्चिमि भेगका केहि स्थानहरुमा मेघ गर्जनका साथै चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको सूचनामा उल्लेख गरिएको छ । 

झरी र वर्षाका कारण पहाडी भू–भागमा पहिरोको  जान सक्ने , हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने साथै  नदिमा पानीको वहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्